चीनद्वारा नेपाली सेनालाई भेरोसेलको तीन लाख डोज खोप प्रदान

२०७८ कार्तिक २२ सोमबार १३:२१:०० मा प्रकाशित

काठमाडौं । चीनले नेपाली सेनालाई कोभिडविरुद्धको तीन लाख डोज खोप सहयोग गरेको छ । सोमबार सैनिक मुख्यालयमा आयोजित कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले भेरोसेलको तीन लाख डोज खोप प्रधानसेनापति प्रभुराम शर्मालाई हस्तान्तरण गरेकी हुन् ।

चीनले गतसाता नेपाललाई थप १६ लाख डोज साइनोफार्मको खोप हस्तान्तरण गरेको थियो । चीनबाट हालसम्म पटक–पटक गरी ३४ लाख डोज खोप अनुदानमा आएको छ भने कोभ्याक्स कस्ट सेयरिङ अन्तर्गत ५९ लाख डोज खरिद गरेको छ ।

 

ताजा खबर