तिहार पछि बढ्यो सुनको मूल्य, प्रतितोला  ९२ हजार ५ सय रुपैयाँमा कारोबार

२०७८ कार्तिक २२ सोमबार १२:००:०० मा प्रकाशित

काठमाडौं । तिहारपछिको पहिलो कारोबारका दिन सोमबार नेपालको सुनचाँदी बजारमा छापावाल सुनको मुल्य प्रतितोला  एक हजार ५०० ले उकालो लागेर ९२ हजार ५०० रुपैयाँ कायम भएको छ । पहेँलो धातु गत बिहीबार प्रतितोला  ९१ हजारमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार सोमबार तेजाबी सुनको मूल्य प्रतितोला  ९२ रुपैयाँहजार रहने छ जसको मूल्य बिहीबार प्रतितोला ९० हजार ५०० रुपैयाँ तोकिएको थियो ।

    त्यस्तै आज चाँदीको मूल्य बिहीबारका तुलनामा २५ रुपैयाँले उकालो लागेर एक हजार २५० कायम भएको छ । चाँदी बिहीबार प्रतितोला एक हजार २२५ रुपैयाँमा कारोबार भएको थियो ।
    महासङ्घले अन्तरराष्ट्रिय बजारमा हुने सुनचाँदीका मूल्यको उतारचढावका आधारमा यहाँँ दैनिक सुन तथा चाँदीको काारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस एक हजार ८१९ दशमलव ७३ डलरमा कारोबार भइरहेको छ ।
 

ताजा खबर