भियतनाममा चीनद्वारा निर्मित सहरी रेलवे सञ्चालनमा

२०७८ कार्तिक २१ आइतबार १९:५९:०० मा प्रकाशित

भियतनामी राजधानी हनोईका अधिकारीहरूले चीनद्वारा निर्मित क्याट लिन्ह–हा डोङ मेट्रो लाइन परियोजनाको उद्घाटन गर्दै यो व्यावसायिक सञ्चालन सुरु गर्ने देशको पहिलो मेट्रो लाइन बनेको बताएका छन् ।

उक्त परियोजना हनोईलाई यसको लगानीकर्ता भियतनामी यातायात मन्त्रालयले सोही दिन हस्तान्तरण गरेको छ । मेट्रो लाइनका सबै यात्रुहरूले पहिलो १५ दिनसम्म निःशुल्करूपमा आवतजावत गर्न सक्नेछन् ।

शनिबार बिहान निःशुल्क दुईतर्फी यात्रा गरेपछि हनोईको थान जुआन जिल्लाकी ३० वर्षीय यात्री होआङ थि हुओङले मेट्रो लाइन आफूले विदेशमा देखेको जत्तिकै आधुनिक भएको प्रतिक्रिया दिएकी छिन् ।

“ अब मलाई काममा जाँदा हरेक बिहान भीडको चिन्ता लिनु पर्दैन,“ हुओङले सिन्ह्वालाई भनिन् शहरमा यातायात सहज बनाउन थप सहरी रेलवे परियोजनाहरू निर्माण गरिने हुँदै जनेछन् । १२ स्टेसन भएको एलिभेटेड लाइन १३ किमी भन्दा बढी छ। प्रत्येक रेल प्रतिघण्टा ८० किलोमिटर को गतिमा एक हजार यात्रु बोकेर हिड्नेछ ।

एलिभेटेड रेलवे परियोजनाले आधिकारिक रूपमा अक्टोबर २०११ मा निर्माण शुरु गरेको थियो भने यसको परीक्षण डिसेम्बर २०२० मा गरिएको थियो । प्रति यात्रुह टिकटको मूल्य ३० हजार भियतनामी मुद्रा हुनेछ ।

ताजा खबर