कोरोना संक्रमणबाट ९ जनाको मृत्यु, ५६३ जना संक्रमणमुक्त

२०७८ कार्तिक २१ आइतबार १९:०७:०० मा प्रकाशित

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप १४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ९८० पीसीआर परीक्षणमा आइतबार थप १४१ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८ लाख १४ हजार ५५८ पुगेको छ । यस्तै एन्टिजेन विधिद्वारा गरिएको ३५३ परीक्षणबाट २ जनामा पोजिटिभ देखिएको छ ।

२४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट गरिएको २ हजार ३३३ परीक्षणमा १४३ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा थप ५६३ जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या ७ लाख ९५ हजार ३९७ रहेको छ । नेपालमा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ४४८ पुगेको छ । क्वारेन्टाइनमा ११२ जना रहेका छन् भने आइसोलेसनमा रहनेको संख्या ७ हजार ७१३ रहेको छ ।

ताजा खबर