सल्यानमा बस दुर्घटना हुँदा ८ जनाको मृत्यु

२०७८ कार्तिक २१ आइतबार १४:२१:०० मा प्रकाशित

सल्यान । सल्यानमा यात्रु बस दुर्घटना हुँदा कम्तीमा ८ जनाको मृत्यु भएको छ । सल्यानबाट दाङको तुलसीपुरतर्फ गइरहेको रा १ ख २५५२ नम्बरको बस कपुरकोट गाउँपालिका– ५ खारखोलामा दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको हो ।

दुर्घटनास्थलमा ५ जना र उपचार गर्न लैजाने क्रममा बाटोमा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका डिएसपी गोविन्द थापाले जानकारी दिए ।

घाइतेहरुलाई उपचारका लागि नेपालगञ्ज र सल्यानतर्फ लगिएको छ । बस सडकबाट २ सय मिटर तल खोलामा खसेको हो । घाइतेहरुको स्थानीय बासिन्दा र प्रहरीले उद्दार गरिरहेका छन् ।

ताजा खबर