स्मार्ट क्यू आरबाट स्क्यान गर्दा २० प्रतिशतदेखि तीन सय रुपैयाँसम्मको क्यासव्याक

२०७८ कार्तिक १७ बुधबार २२:३४:०० मा प्रकाशित

काठमाडौँ । एससिटीद्वारा संचालित स्मार्ट क्यू आर बाट स्क्यान गर्दा २० प्रतिशतदेखि ३०० रुपैयाँसम्म क्यास व्याकको ब्यवस्था मिलाइएको छ । बत्तीसपुतली तीन धारास्थित पवन स्विट्स् कमलादीस्थित सजनगोठ, दरवारमार्गस्थित गंगौर स्विट्स् र इन्द्रचोकस्थित स्वस्तिक स्विट्स् जस्ता मिष्ठान्न पसलको मिठाई खरिद भुक्तानीमा क्यासव्याक पाउन सक्नेछन् । 

यो अफर दीपावलीको अवसरमा २ देखि ११ नोभेम्बर २०२१ सम्म लागु हुनेछ । सहभागी स्टोरहरूमा कुनै पनि स्मार्ट क्यूआर नेटवर्कको सदस्य वालेट आइएमई पे। प्रभु पे, क्यू पे र मोबाइल बैंकिङ एप (ग्लोबल स्मार्ट) प्रयोग गरी स्मार्ट क्यूआर  मार्फत भुक्तानी गर्ने ग्राहकहरूले योजना अवधिभर क्यासब्याकको लागि योग्य हुनेछन् । 
 

ताजा खबर