प्रभाकर शम्सेरकी छोरीद्वारा दरबार हाइस्कुलको पुस्तकालयलाई सहयोग

२०७८ कार्तिक १७ बुधबार २२:३२:०० मा प्रकाशित

काठमाडौं । स्वर्गीय प्रभाकर शम्सेर जबराकी  छोरी माया राणा तुफोले दरबार हाइस्कुलका दुई पुस्तकालयका लागि सहयोग गरेकी छन् । उनले आफ्ना पिताले  शैक्षिक र तालिम कार्यक्रममा जोड दिएकाले समुदायको लागि पुस्तकालय स्थापना गर्ने जिम्मेवारी लिने संस्थालाई रकम दिन चाहेको बताइन् ।

जोन्टा क्लबले काठमाडौं पुस्तकालयहरू स्थापना गर्ने यस कल्याणकारी कार्यको हिस्सा हुन पाउँदा गर्व गरेको जनाएको छ ।  यसको लक्ष्य भनेकोे उच्च गुणस्तरको पुस्तकालय विद्यार्थीको पहुँचमा सुनिश्चित गर्नु हो र प्रत्येक विद्यार्थीको लागि कर्मचारीहरूद्वारा सञ्चालित गतिशील, राम्रो–संसाधनयुक्त पुस्तकालयको स्थापना गर्नु हो।

राणा नेपाली सम्पदा, संस्कृति र प्रकृतिको पनि ठूलो प्रशंसक थिए । त्यसैकारण उनले नेपालको पहिलो र ऐतिहासिक विद्यालय दरबार विद्यालयलाई आर्थिक सहयोग गर्नु पनि स्वाभाविक नै हो । सन् २०१५ को भूकम्प पछि चीन सरकारले विद्यालयको पुनर्निर्माण गरेको थियो ।
 

ताजा खबर