राजेश हमालको ‘मन बूढो भएन’
२०७८ कार्तिक १७ बुधबार १९:२९:००
मा प्रकाशित
![](https://archive.saralpatrika.com/uploads/news/images/251929855_3057546324460204_3454107998015301947_n2021-11-03-07-30-16.jpeg)
काठमाडौं । अभिनेता राजेश हमाल अब गायक बनेका छन् । बुधबार काठमाडौंमा एक कार्यक्रमका बीच अभिनेता हमाल आफैंले स्वर दिएको गीत ‘मन बूढो भएन’ नामक पहिलो म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।
दीपक शर्माको गीत तथा संगीत र देवेन्द्र पाण्डेको निर्देशनमा तयार पारिएको म्युजिक भिडियोमा अभिनेता हमालसँगै एलिना चौहान, सुवास पुरी र बेनिशा पौडेलको पनि स्वर छ । कार्यक्रममा अभिनेता हमालले आफैंले स्वर दिएको पहिलो म्युजिक भिडियो सार्वजनिक भएकोमा खुसी लागेको बताए ।