कोरोना संक्रमणबाट ७ जनाको मृत्यु, ४३९ जना संक्रमणमुक्त

२०७८ कार्तिक १७ बुधबार १६:४२:०० मा प्रकाशित

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ३९५ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालका कोरोना संक्रमितको संख्या ८१३८२८ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ४३९ जना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ७९३२७१ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११४३४ पुगेको छ । क्वारेन्टाइनमा १२१ जना छन् भने आइसोलेसनमा ९१२३ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

ताजा खबर