चीनद्वारा नेपाललाई थप १६ लाख डोज खोप प्रदान

२०७८ कार्तिक १७ बुधबार १५:४७:०० मा प्रकाशित

काठमाडौं । काठमाडौं । चीनले नेपाललाई थप १६ लाख डोज साइनोफार्मको खोप हस्तान्तरण गरेको छ । बुधबार स्वास्थ्य मन्त्रालयमा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडालाई खोप हस्तान्तरण गरेकी हुन् ।

राजदूत यान्छीले चीनको खोप सहयोगले महामारी नियन्त्रणमा सहयोगी हुने समेत बताइन् । चीनबाट हालसम्म पटक–पटक गरी ३४ लाख डोज खोप अनुदानमा आएको छ भने कोभ्याक्स कस्ट सेयरिङ अन्तर्गत ५९ लाख डोज खरिद गरेको छ ।

स्वास्थ सचिव रोशन पोखरेल चीनले नेपालको महामारी नियन्त्रणमा सहयोग गरेकाले धन्यवाद दिँदै अन्य सहयोग प्राप्त गर्नेमा आशावादी रहेको बताए।

ताजा खबर