क्रिस्टियानो रोनाल्डोद्वारा म्यानचेस्टर युनाइटेडको उद्धार

२०७८ कार्तिक १७ बुधबार ११:३७:०० मा प्रकाशित

च्याम्पियन्स लिग समूह चरणको खेलमा क्रिस्टियानो रोनाल्डोले फेरि एक पटक म्यानचेस्टर युनाइटेडलाई उद्धार गरेका छन्  । समूह एफमा रहेको युनाइटेड एटालान्टासँग २–२ गोलको बराबरीमा रोकिँदा रोनाल्डोले हारबाट जोगाए । घरेलु टोली एटालान्टाले  खेलमा दुई पटक अग्रता बनाएको थियो ।

१२ औं मिनेटमा एटालान्टाले युनाइटेडविरुद्ध अग्रता लियो । उसका लागि जोसिप इलिपले गोल गरे । पहिलो हाफको इन्जुरी समयमा रोनाल्डोले ब्रुनो फर्नान्डेजको ब्याक पासमा गोल गर्दै खेल एकएकको बराबरीमा ल्याए ।  

५६ औं मिनेटमा डुभान जापाताले एटालान्टाका लागि गोल गरे ।  दुई एक गोलले पछि पदैै हार नजिक पुगेको  युनाइटेडलाई ३६ वर्षीय रोनाल्डोले बचाए । उनले  इन्जुरी समयमा गोल  गरेका हुन् । सन् २००३ पछि युनाइटेडका लागि च्याम्पियन्स लिगमा  लगातार चार खेलमा गोल गर्ने रोनाल्डो पहिलो खेलाडी हुन् । समूह एफको युनाइटेड चार खेलबाट ७ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा छ ।

एटालान्टा तेस्रो स्थानमा छ । यो जितले दवावमा रहेका प्रशिक्षक ओले गुनार सोल्जाकरलाई राहत मिलेको । दोस्रो स्थानको भिल्लारियालले योङ ब्वाइजलाई दुई शून्यले हरायो । अन्य खेलमा उल्भ्सबर्गले साल्जबर्गलाई दुई एक गोलले हरायो  । लिलले सेभिया माथि २–१ गोलकै जित हात पार्यो । 

ताजा खबर