काठमाडौं उपत्यकामा राति ९ बजेसम्म मात्र देउसी भैलो खेल्न पाइने

२०७८ कार्तिक १६ मंगलबार १९:३९:०० मा प्रकाशित

काठमाडौं । काठमाडौं उपत्यकामा तिहारमा राति ९ बजेसम्म मात्र देउसी भैलो खेल्न पाइने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले मंगलबार सूचना जारी गरी देउसी भैलो खेल्न समयसीमा तोकेको छ ।

कोरोना संक्रमणलाई मध्यनजर गर्दै राति ९ बजेपछि देउसीभैलो खेल्न नपाइने कार्यालयले जनाएको छ ।  प्रशासनले तिहारलाई लक्षित गरेर गरिएका देउसी भैलो कार्यक्रम गर्दा सार्वजनिक यातायात र जनजीवनलाई असर पार्ने गतिविधि नगर्न/नगराउन तथा पटाका, आतिसबाजी जस्ता प्रज्वलनशील विष्फोटक पदार्थ विक्रीवितरण तथा प्रयोग नगर्न समेत आग्रह गरेको छ ।

 

ताजा खबर