भारतमा थप १० हजारलाई कोरोना संक्रमण

२०७८ कार्तिक १६ मंगलबार १४:३३:०० मा प्रकाशित

भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्या फेरि घटेको छ । पछिल्लो २४ घण्टामा १० हजार ४२३ जना मात्रै नयाँ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ । भारतमा अहिले एक लाख ५३ हजार ७७६ जना सक्रिय सङ्क्रमित रहेका पनि मन्त्रालयले जनाएको छ ।

यो सङ्ख्या २५० दिनपछि कै सबैभन्दा कम भएको अधिकारीले जनाएका छन् । भारतमा अहिले सक्रिय अवस्थामै रहेकाको सङ्ख्या कूल सङ्क्रमितको सङ्ख्याको ०.४५ प्रतिशत मात्रै हो । अर्थांत हाल सक्रिय सङ्क्रमित यो संख्या सन् २०२० को मार्चपछि सब भन्दा कम हो ।

यसअघि झण्डै १३ हजारको हाराहारीमा दैनिक सङ्क्रमित हुने गरेकोमा अहिले करिब १० हजार ५०० घटेको छ । सोमबार भारतमा १५ हजार २१ जना कोरोना सङ्क्रमण मुक्त भएका छन् । यससँगै कोरोना शुरु भएबाट हालसम्म तीन करोड ३६ हजार ८३ हजार ५८१ जना कोरोना मुक्त भएका छन् ।

भारतमा कोरोना भाइरसको परीक्षण ६१ करोड २ लाख भन्दा बढी भएको छ । यहाँ गत जनवरीको १६ बाट कोरोनाविरुद्धको खोप अभियान शुरु भएको थियो । सो समयबाट हामलसम्म एक अर्वभन्दा बढी डोज खोप लगाइएको छ ।

ताजा खबर