इङ्ल्यान्ड आइसीसी टि ट्वान्टी विश्वकपको सेमीफाइनलमा

२०७८ कार्तिक १६ मंगलबार १०:२३:०० मा प्रकाशित

इङ्ल्यान्ड आइसीसी टि ट्वान्टी विश्वकपको सेमीफाइनलमा प्रवेश गरेको छ । सुपर १२ को समूह एकमा रहेको इङ्ल्यान्ड श्रीलङकालाई २६ रनले हराउदै अन्तिम चारमा पुगेको हो ।  जस बटलरले शतकीय पारी खेल्दै आफ्नो टिमलाइ लगातार चौथो जित दिलाए ।

सुरुवातमा संकटमा आएको इङ्ल्यान्डको पारीलाई कप्तान इयोग मोर्गन र बटलरले सम्हालेका थिए ।  शारजाह क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ गरेको इङ्ल्यान्डले २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ६३ रन बनाएको थियो । खराब सुरुवात गर्दै उसका ३ खेलाडी टिमको स्कोर ३५ रन हुँदा पवेलियन फर्किए ।

जेसोन रोय ९ रनमा वानिन्डु हसरंगा डि सल्भाको वलमा क्लिन बोल्ड भए । डाविड मालान पनि सस्तैमा मैदान बाहिरए । ६ रन बनाएका उनलाई दुश्मान्था चामिराले बोल्ड गरे । जोनी ब्रेस्टो गोल्डेन डक आउट भए । उनलाई हसंरगंगालेनै एलबिडब्लु आउट गरेका थिए । यो स्थितिबाट इङ्ल्यान्डले  खेलमा उत्कृष्ट पुनरागमन गर्यो । चौथो विकेटका लागि मोर्गन र बटरले १ सय १२ रनको शानदारी साझेदारी गरे । श्रीलङ्कन बलरले  यो साझेदारीलाई कम रनमै  तोड्न सकेनन् ।

मोर्गन ४० रन मा हसरंगाकाको वलमा मैदान बाहिरिए । बटलर १ सय १ रनमा अविजित रहे । ६७ वल खेल्दै बटलरले ६ चौका र ६ छक्का प्रहार गरे । टि ट्वान्टी अन्तर्राष्ट्रिय उनको यो पहिलो शतक हो । यस्तै जारी टि ट्वान्टीको पनि यो पहिलो शतक हो । जवाफमा श्रीलङ्का १९ ओभरमा १ सय ३७ रनमा अल आउट भयो । हसरंगाले सर्वाधिक ३४ रन बनाए । अन्य खेलाडी लामो समय क्रिजमा टिक्न सकेनन् । श्रीलङकाले अन्तिम तीन विकेट मात्र तीन रनमा खर्चिएको थियो ।

पाथुम निसान्का मात्र एक रनमा पहिलो ओभरमानै रन आउट भए । कुशल परेरा ७, चारिथ असालान्का २१, आभिस्का फर्नान्डो १३, भानुका राजापाक्ष र दासुन सानाका २६–२६ रनमा पवेलिन फर्किए । चामिका कुमारारन्ते शून्यमा आउट हुँदा चामिराले ४ र माहिस थिक्सानाले २ रन जोडे । मोइन अली, आदिल रसिद, क्रिस जोर्डनले २–२ विकेट लिए । क्रिस वोक्स र लियाम लिभिङस्टोनले एक एक विकेट बाडे । तालिकाको शीर्ष स्थानमा रहेको इङल्यान्ड एक खेल अगावै अन्तिम चारमा पुगेको हो ।  उसको चार खेलमा ८ अंक छ ।  श्रीलङ्काको चार खेलमा यो दोस्रो हार हो । 
 

ताजा खबर