चिनियाँ विदेशमन्त्रीद्वारा अमेरिकालाई गलत चीन नीति परिवर्तन गर्न आग्रह

२०७८ कार्तिक १५ सोमबार १४:५०:०० मा प्रकाशित

चिनियाँ राज्य परिषद्का सदस्य तथा विदेशमन्त्री वाङ यीले पछिल्ला केही वर्षयता चीन र अमेरिकाबीचको द्विपक्षीय सम्बन्धमा चौतर्फी प्रभाव परेको टिप्पणी गरेका छन् । आइतबार अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनसँगको भेटमा उनले अमेरिकाले चीनको आन्तरिक मामिलामा बेइमानीपूर्वक हस्तक्षेप गरेको बताए ।

 मन्त्री वाङले वर्तमान अमेरिकी कांग्रेसले ३०० भन्दा बढी चीन विरोधी विधेयकहरू पेश गरेको  र ९०० भन्दा बढी चिनियाँ संस्था र व्यक्तिहरूलाई विभिन्न ढङ्गले एकपक्षीय प्रतिबन्धको सूचीमा समावेश गरेको र जसबाट सामान्य द्विपक्षीय सम्बन्धमा समेत गम्भीर आघात परेको टिप्पणी गरेका छन् ।

विदेश मन्त्री वाङका अनुसार यसका अतिरिक्त संयुक्त राज्य अमेरिकाले विश्वव्यापी स्तरमा चीनलाई दबाउन विभिन्न साना र मध्यम खालका घेराहरू निर्माण गर्दै साना र मध्यम आकारका देशहरूमा पनि सोही अनुकूलको दबाब दिइरहेको छ ।  

यी अभ्यासहरू जनताको हितसँग मेल खाँदैनन् र दुई देशको र अन्तर्राष्ट्रिय समुदायको अपेक्षा अनुरूप पनि नभएको हुनाले र वर्तमान समयको विकाससँग पनि असान्दर्भिक रहेकाले चीनले यसको स्पष्ट विरोध गरेको मन्त्री वाङले स्पष्ट  पारे ।

दुई देशबीचको कूटनीतिक सम्बन्ध स्थापना भएको चार दशकयताको महत्वपूर्ण अनुभव भनेको चीन र संयुक्त राज्य अमेरिका दुवैले सहयोगबाट लाभ उठाउने र टकरावबाट हुने नोक्सानी  हो । संयुक्त राष्ट्रसंघका महासचिवले विश्वलाई विभाजनबाट रोक्न र नयाँ शीतयुद्धबाट बचाउँन बारम्बार आह्वान गर्नु महत्वपूर्ण रहेको र यस वर्ष चीन र संयुक्त राज्य अमेरिकाका राष्ट्र प्रमुखहरूबीच दुई पटकको फोन वार्तामा निकै महत्वपूर्ण सहमति भएको मन्त्री वाङले बताए ।

दुई पक्षले वार्ता पुनः शुरु गर्नुपर्ने र टकरावबाट जोगिनुपर्ने वाङको भनाइ रहेको छ । भेटका अवसरमा मन्त्री वाङले अमेरिकी विदेशमन्त्री ब्लिन्केनसँग समयमै र स्पष्ट रूपमा विचार आदानप्रदान गर्न र दुई पक्षबीचको मतभेदलाई कसरी व्यवस्थापन र नियन्त्रण गर्ने, उत्पन्न हुने समस्याहरूको उचित समाधान गर्ने, समझदारी बढाउने, शंका हटाउने, गलत धारणाहरूबाट बच्न र अन्वेषण गर्ने इच्छा व्यक्त गरेका छन् । वाङले ताइवान मुद्दाको वास्तविक स्थिति एक चीन भएको बताए ।
 

ताजा खबर