भारत समूह चरणबाटै बाहिरिने सम्भावना

२०७८ कार्तिक १५ सोमबार ११:१९:०० मा प्रकाशित

आइसीसी टि ट्वान्टी विश्वकपमा उपाधि दावेदार भारतले लगातार दोस्रो हार बेहोरेको छ । सुपर १२ को समूह दुईमा रहेको भारतले गएराति भएको खेलमा न्युजील्यान्डसँग ८ विकेटको हार बेहोरेको हो । यो हारसँगै भारत समूह चरणबाटै बाहिरिने खतरा बढेको छ ।

खराब ब्याटिङ गरेको भारतले न्युजील्यान्ड सामु १ सय ११ रनको झिनो लक्ष्य प्रस्तुत गरेको थियो । जुन न्युजील्यान्डले ३३ वल बाँकी छदा मात्र दुई विकेट गुमाएर पुरा गर्यो । ओपनर मार्टिन गप्टिल २० रनमा जस्प्रित बुमराहको वलमा क्याच आट भए ।

दोस्रो विकेटका लागि डरेल मिचेल र कप्तान केन विलियम्सनले ७२ रनको साझेदारी गरे । मिचले अर्धशतक बनाउनबाट एक रनले चुके । उनी बुमराहकै वलमा ४९ रनमा आउट भएका थिए । विलियम्सन ३३ रनमा अविजित रहे । यसअघि दुबइ इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ गरेको भारतले रनका लागि निकै संघर्ष गर्यो ।

२० ओभरमा सात विकेटको नोक्सान्ीमा १ सय ११ रनको योगफल बनाएको थियो । ब्याटिङमा पूर्ण रुपमा असफल भएको भारतका लागि कुनैपनि खेलाडीले गतिलो पारी खेलेनन् । रवीद्र जडेजाले अविजित २६ रन बनाएका थिए । यही नै सर्वाधिक रन बन्न पुग्यो । हार्दिक पान्डेयाले २३, रिसव पन्तले १२, रोहित शर्माले १४ र के एल राहुलले १८ रन जोडे । क्प्तान विराट कोहली ९, इशान किशन ४ रनमा पवेलियन फर्किए ।

ट्रेन्ट बोल्टले ३, इस सोधीले २, टिम साउथी र एडम मिल्नेले एक एक विकेट लिए । भारत पहिलो खेलमा पाकिस्तान संग दश विकेटले हारेको थियो । दोस्रो खेलमा पनि फराकिलो हार बेहोर्दै भारत नेट रन रेटमा पछि परेको छ । जीतविहिन भारत तालिकाको पांचौ स्थानमा छ । अंकको खाता नखोलेको अर्को टोली स्कटल्यान्ड छैटौै स्थानमा छ । तीनमा तीन खेलनै जितेको पाकिस्तान ६ अंकका साथ शीर्ष स्थानमा छ  र उ सेमीफाइनल नजिक छ ।

 दोसा्रे स्थानमा तीन खेलबाट ४ अंक जोडेको अफगानिस्तान छ । जारी प्रतियोगितामा पहिलो जित निकालेको न्युजील्यान्ड दुई अंक बटुल्दै तेस्रो र नामिबियाम चौथो स्थानमा छ । नामिबियाको पनि दुई अंकनै छ । यो हारले भारतको सेमीफाइनल यात्रा कठिन बनेको छ । उसले अब अफगानिस्तान, नामिबिया र स्कटल्यान्डसँग खेल्न बाँकी छ । आफ्नो खेल मात्र जितेर पनि भारतलाई सेमीफाइनल पुग्न पर्याप्त हुदैन । उसले अरुको खेलमा भर पर्नुपर्नेछ । 
 

ताजा खबर