अबको लक्ष्य साफको उपाधिः मुख्य प्रशिक्षक अल्मुताइरी

२०७८ कार्तिक १४ आइतबार १९:२८:०० मा प्रकाशित

काठमाडौं । राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी नेपाल आएका छन् । अल्मुताइरी गएराति नेपाल आइपुगेका हुन् । साफ च्याम्पियनसिपको फाइनल पछि अल्मुताइरी टिमसँग नेपाल नआइ सिधै कुवेत गएका थिए । साफको फाइनल अघि नेपाल कहिल्यै नफर्कने बताएका अल्मुताइरी र अखिल नेपाल फुटबल संघ बीच तीन वर्षको सम्झौता भएको छ । तत्काललाइ तीन वर्षको सम्झौतामा हस्ताक्षर हुने र दुई वर्ष आफैं थप हुने अल्मुताइरीले जानकारी दिए ।
 

यसको अर्थ अल्मुताइरी पाँच वर्ष नेपालमा रहनेछन् । विमानस्थलमा संचारकर्मीलाई प्रतिक्रिया दिँदै अल्मुताइरीले नेपाललाई आफ्नो घर भनेका थिए । घर फर्कन पाउँदा खुशी लागेको उनको भनाइ थियो । अल्मुताइरीले अबको लक्ष्य साफको उपाधि रहेको प्रतिक्रिया दिए  ।

उनले  अन्य देशले आकर्षक तलब दिएर प्रस्ताव गरेको भएपनि नेपालीको माया, एन्फा र कतार फुटबल संघको आग्रहका कारण पुनः फर्किएको बताए । नेपालले अब एशिया कप छनोटको तेस्रो चरण खेल्दैछ । अहिलेनै नेपाल एशिया कपमा छनोट हुन्छ भनेर वाचा नगर्ने बताएका अल्मुताइरीले एकपछि अर्को गर्दै अगाडि बढ्नुपर्ने धारणा राखे ।   
 

ताजा खबर