प्रधानसेनापति शर्माद्वारा रथी राणालाई दज्र्यानी चिह्न प्रदान

२०७८ कार्तिक १४ आइतबार १७:५०:०० मा प्रकाशित

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माले रथीमा पदोन्नति भएका सरोजप्रताप राणालाई दज्र्यानी चिह्न प्रदान गरेका छन् । सैनिक मुख्यालय जङ्गी अड्डामा आइतबार आयोजित समारोहमा महारथी शर्माले रथी राणालाई दज्र्यानी चिह्न लगाई दिएका हुन् ।

    मन्त्रिपरिषद्को यही कात्तिक ११ गतेकोे बैठकले  उपरथी राणालाई रथीमा बढुवा गर्ने निर्णय गरेको थियो । रथी राणालाई बलाध्यक्षको जिम्मेवारी प्रदान गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
 

ताजा खबर