कोरोना संक्रमणबाट ८ जनाको मृत्यु, ५१८ जना संक्रमणमुक्त

२०७८ कार्तिक १४ आइतबार १६:३६:०० मा प्रकाशित

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ३७६ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालका कोरोना संक्रमितको संख्या ८१२५७० पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ५१८ जना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ७९१७८७ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११४०७ पुगेको छ । क्वारेन्टाइनमा २११ जना छन् भने आइसोलेसनमा ९३७६ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

 

ताजा खबर