राष्ट्रिय वाणिज्य बैंकले माग्यो ठूलो संख्यामा कर्मचारी

२०७८ कार्तिक १४ आइतबार ०९:२१:०० मा प्रकाशित

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले विभिन्न पदमा आठ सयभन्दा बढी संख्यामा आवेदन मागेको छ । बैंकले वरिष्ठ प्रबन्धकसहित विभिन्न पदमा आठ सय ३५ जना माग गर्दै आइतबार आवेदन खुला गरेको हो ।

अनलाइन आवेदन सोमबारदेखि भर्न सकिन्छ। २ जना वरिष्ठ प्रबन्धक, ८ जना प्रबन्धक र १८ जना उपप्रबन्धकलगायत विभिन्न पदमा गरी कूल आठ सय ३५ जना माग भएको हो । यसको लिखित परीक्षा भने लोकसेवा आयोगले सञ्चालन गर्नेछ । परीक्षा केन्द्रबारे पछि जानकारी दिइने सूचनामा उल्लेख छ।

 

ताजा खबर