अविरल तामाङको 'लानी धिनी’

२०७८ कार्तिक १३ शनिबार १७:०५:०० मा प्रकाशित

तामाङ समाज अष्ट्रेलियाका उपाध्यक्ष अविरल तामाङको पहिलो भिडियो एल्बम ‘लानी धिनी‘ बजारमा आएको छ । युट्युब च्यानल मिनशेङस प्रोडक्सनबाट तामाङको गीत सार्वजनिक गरिएको हो ।

अष्ट्रेलियामा रहेर समाजसेवामा सक्रिय तामाङ आफ्नो भिडीयोले दर्शक र स्रोताको मन जित्नेमा विश्वस्त छन् । गीतमा तामाङको शब्द, जोगलाल लामाको सङ्गीत र पहिलो नेपाली तारा सन्तोष लामा र गायिका सिर्जना स्याङतानको आवाज छ ।

दीपेश प्रधानले मिक्सिङ गरेको उक्त गीत सरगम रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो । म्युजिक भिडियोमा नायक कुमार मोक्तान र नायिका सीता लामाको अभिनय छ । भिडियो काभ्रे, सिन्धुली लगायतका रमणीयस्थलमा छायाङ्कन गरिएको हो । सो भिडियो त्रिलोक लामाले छायाङ्कन तथा सूर्य लामाले सम्पादन, निर्देशन, कलर डोन र छायाङ्कन गरेका हुन् ।

 

ताजा खबर