‘किम्फ’को पन्ध्रौं संस्करण काठमाडौंमा शुरु 

२०७४ मङ्सिर २९ शुक्रबार १२:३७:०० मा प्रकाशित

काठमाडौं, २९ मंसीर । काठमाडौं इन्टरनेसनल माउन्टेन फिल्म फेस्टिभल किम्फ को पन्ध्रौं संस्करण शुरु भएको छ। काठमाडौँको कुमारी हलमा मंसिर २८ गतेबाट किम्फ शुरु भएको हो । 

यो पटकको किम्फमा नेपालसहित ३७ देशका फिल्महरू प्रदर्शनका लागि छानिएका छन्। अन्तर्रा्ष्ट्रिय प्रतिस्पर्धामा १५ र प्रतिस्पर्धा बाहिरबाट ४८ वटा फिल्महरू परेका छन्। नेपाल पानोरामा अन्तर्गत १५ वटा फिल्म देखाइनेछन् । चलचित्र प्रदर्शनका अलावा फिल्म सम्बन्धी छलफलहरू पनि चलाइने आयोजकहरूले बताएका छन् ।

किम्फमा देखाइने फिल्महरूका लागि अन्तर्राष्ट्रिय प्रतिस्पर्धा, नेपाल पानोरामा र बेस्ट इसिमोड माउन्टेन फिल्म अवार्ड तीन वर्गमा पुरस्कारको पनि व्यवस्था गरिएको छ ।

यसपटक किम्फमा साहसिक खेलकुद, पर्वतारोहण, पर्वतीय समाज र संस्कृति, पर्वतीय जीवनशैली तथा वातावरण संरक्षण आदि विषय समेटिएका वृत्तचित्र, कथानक चलचित्र, लघु चलचित्र, एनिमेसन र प्रयोगवादी फिल्महरू पनि देखाइनेछ।

किम्फ फिल्म फेस्टिभल  पुस ३ गतेसम्म चल्नेछ । 

ताजा खबर