पिएसजीद्वारा लिल पराजित

२०७८ कार्तिक १३ शनिबार १५:१२:०० मा प्रकाशित

पेरिस सेन्ट जर्मेन पिएसजीले फ्रेन्च लिग वानमा साविक विजेता लिल लाई दुई एक गोलले पराजित गरेको छ ।  घरेलु मैदानमा भएको खेलमा पिएसजीले पुनरागमन जित हात पारेको हो । पिएसजी पहिलो हाफमा एक शून्य गोलले पछि परेको थियो ।

३१ औं मिनेटमा लिलका लागि जोनाथन डेविडले गोल गरेका थिए । दोस्रो हाफको सुरुवातमै मांशपेशीमा समस्या आएपछि अर्जेन्टिाइन  स्ट्राइकर लियोनल मेसीलाइ प्रशिक्षक माउरिसियो पोचेटिनाले सब्सिच्युट गरेका थिए ।

उनलाई माउरो इकार्डिले प्रतिस्थापन गरे  । स्टार स्ट्राइकर मेसीले पहिलो हाफमा पनि आफ्नो जादु देखाउन सकेनन् । लिग वानमा पाँच खेल खेलिसक्दासम्म मेसीले गोल गर्न सकेका छैनन् । ७४ औं मिनेटमा एंजल डि मारियाको एसिस्टमा मार्किन्होजले बराबरी गोल फर्काए ।

८८ औं मिनेटमा डि मारिया आफैंले गोल गरेपछि पिएसजीले तीन अंक जोड्यो । डि मारियालाई नेइमारले पास दिएका हुन् । पिएसजी १२ खेलबाट ३१ अंक ससहत तालिकाको शीर्ष स्थानमा छ । जुन दोस्रो स्थानको लंज भन्दा दश अंकले अघि हो । 
 

ताजा खबर