पनामाको नाइट क्लबमा गोली चल्दा पाँच जनाको मृत्यु

२०७८ कार्तिक १३ शनिबार १४:४५:०० मा प्रकाशित

पनामा सिटीको एक नाइटक्लबमा गोली हानाहान हुँदा पाँच जनाको मृत्यु भएको छ भने अन्य छ जना घाइते भएका छन् । पनामाका राष्ट्रिय प्रहरी आयुक्त रिकोर्टे डे ला एस्पाडाले ट्वीटरमा उल्लेख गरेअनुसार शनिबार बिहान एस्पेसियो पानामा नाइट क्लबमा दुर्भाग्यपूर्ण घटनाहरू भएका थिए, जसमा पाँच व्यक्तिको मृत्यु भएको थियो र छ जना घाइते भएका थिए। घटनाहरू आपराधिक गिरोहहरू बीचको भिडन्तको परिणाम भएको जनाइएको छ।

प्रहरीले यसअघि नै दुई जनालाई पक्राउ गरिसकेको छ र क्लबमा भएको घटनासँग जोडिएको कार र हतियार बरामद गरेको छ।
 

ताजा खबर