सुजुकी स्कुटर एक्सचेञ्ज मेला सुरु

२०७८ कार्तिक १२ शुक्रबार २३:५३:०० मा प्रकाशित

काठमाडौं । सुजुकी स्कुटर एक्सचेञ्‍ज मेला आजबाट सुरू भएको छ। नेपालभरका सबै आधिकारिक शोरुमहरुमा सुरु भएको सुजुकी स्कुटर एक्सचेञ्‍ज कात्तिक १७ गतेसम्म चल्ने सुजुकी मोटरसाइकल र स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता भीजी अटोमोवाइल्स प्रालिले जानकारी दिएको छ। कम्पनीले आफ्ना ग्राहकहरुको मागलाई मध्यनजर गर्दै स्कुटर एक्सचेञ्‍ज सुरु गरेको जानकारी दिएको छ। सुजुकी इण्डियाद्वारा उत्पादित विश्वप्रसिद्ध जापानिज ब्राण्ड हो।

यस योजनाअन्तर्गत कुनै पनि ब्राण्डका मोटरसाइकल वा स्कुटर एक्सचेञ्‍ज गरी सुजुकीको नयाँ बर्गम्यान र एसेस स्कुटर खरिद गर्न सकिने कम्पनीले जनाएको छ। कुनै पनि मोटरसाइकल वा स्कुटरलाई एक्सचेञ्‍ज गर्दा बजार मूल्यभन्दा थप १५ हजार रुपैयाँ प्रदान गरिने साथै नयाँ खरिदमा आकर्षक छुटको व्यवस्था रहेको कम्पनीको भनाइ छ।

पछिल्लो समय युवा पुस्तामा लोकप्रिय भएको सुजुकीका बर्गम्यान र एसेस स्कुटर बीएस(६ मोडलमा आएका छन्। राम्रो माइलेज तथा आकर्षक डिजाइनमा आएका स्कुटरहरु ग्राहकको रोजाइमा परेको कम्पनीको दाबी छ। पाँच वर्षको वारेन्टी रहेको यी स्कुटरहरुको खरिदमा फाइनान्सको सुविधासमेत रहेको कम्पनीले जनाएको छ।

ताजा खबर