करोडौं वर्षअघिको माछाको जीवाश्म भेटियो

२०७८ कार्तिक १२ शुक्रबार १७:०४:०० मा प्रकाशित

बेइजीङ । बैज्ञानिकहरुले चीनमा बोनी ट्राइसिक माछाको जीवाश्मको खोज गरेका छन् । ग्लोबल टाइम्सको रिपोर्ट अनुसार दक्षिण पश्चिम चीनको युनान प्रान्तमा जीनस पेल्टोपेरलीड्स को एउटा नयाँ प्रजातीको २ सय ४४ मिलियन वर्ष पुरानो जीवाश्मको खोज भएको हो ।
 
बोनी माछाको प्रजाती एशियामा पहिलो पटक भेटिएको हो । किनकी यसअघि यो माछाको जीवाश्म इटली र स्वीट्र्जल्याण्डमा फेला परेको थियो ।

जीवाश्मको विश्लेषण गरिरहेका सोधकर्ताका अनुसार यो माछाको हरेक प्रजातीका छोटा र तिखा दाँत थिए । 

यो खोजबाट पेल्टोपेरलीडस पहिलोको तुलनामा करीब दुइ मिलियन वर्ष धेरै जीवित रहे । बेइजीङमा ‘चाइनिज एकेडमी अफ साइन्सेस इन्स्टीच्यूट अफ वर्टेब्रेट पेलियोन्टोलोजी एन्ड प्यालियोएन्थ्रोलोजी’को टिमले यो जीवाश्मको खोजी गरेको हो । 
 
यसअघि बेलायतमा जीवाश्म बैज्ञानिकलाई अचानक एउटा यस्तो ठूलो माछाको जीवाश्म फेला परेको थियो, जुन आजभन्दा ६ करोड ६० लाख वर्ष पहिला डायनोसर समाप्तीकै कालमा बाँचेका थिए । यो जीवाश्वको पहिचान बेलायतको युनिभर्सिटी अफ पोटर््समाउथका जीवाश्म वैज्ञानिकले गरेका थिए ।

प्राचीन कालमा पाइने यी ठूला माछा डायनोसरको समाप्तीपछि पनि पृथ्वीमा बाँचीरहे र समुद्रमा विचरण गरीरहे । 

ताजा खबर