कोरोना संक्रमणबाट ६ जनाको मृत्यु, ५६९ जना संक्रमणमुक्त

२०७८ कार्तिक १२ शुक्रबार १६:४३:०० मा प्रकाशित

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ४९० जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालका कोरोना संक्रमितको संख्या ८११८९७ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ५६९ जना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ७९०३५८ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११३८८ पुगेको छ । क्वारेन्टाइनमा २१२ जना छन् भने आइसोलेसनमा १०१५१ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

ताजा खबर