चलचित्र निर्देशक बोराको निधन

२०७४ मङ्सिर २९ शुक्रबार १०:२९:०० मा प्रकाशित

भारतीय अभिनेता, लेखक तथा निर्देशक नीरज बोराको  निधन भएको छ । सन् २०१६  अक्टोबरदेखि  मस्तिष्कघातका कारण कोमामा परेका उनको बिहीबार मुम्बईमा निधन भएको हो ।

 ‘फिर हेराफेरि’ र ‘खिलाडी ४२०’ लगायतका चलचित्रको निर्देशन गरेका उनले  ‘अकेले हम अकेले तुम’, ‘बादशाह’, ‘आवारा पागल दिवाना’, ‘अजनबी’ लगायतका चलचित्र लेखेका थिए । बोराले टिभी कार्यक्रममा ‘सर्कस’बाट अभिनय सुरु गरेका थिए ।  

 

ताजा खबर