टि ट्वान्टी विश्वकप छनोट खेल्ने अन्तिम टोली घोषणा

२०७८ कार्तिक ११ बिहीबार १९:५३:०० मा प्रकाशित

काठमाडौं । एक नयाँ खेलाडीलाई समेट्दै नेपाल क्रिकेट संघ क्यानले महिला टि ट्वान्टी विश्वकप छनोट खेल्ने अन्तिम टोली घोषणा गरेको छ ।  क्यानले रुविना क्षेत्रीको कप्तानीमा १४ सदस्यीय खेलाडीको नाम सार्वजनिक गरेको हो । जसमा कविता जोशीले पहिलो पटक राट्रिय टिममा स्थान बनाइन् ।  

छनोट हुन सफल खेलाडीमा डली भट्ट, सिता राना मगर, सरिता मगर, ज्योती पान्डे, करुणा भन्डारी, इन्दु बर्मा, सरस्वती चौधरी, कविता कुँवर , संगीता राई, सवनम राइ, काजल श्रेष्ठ र अप्सरी बेगम छन् । सरस्वती जिएम, ममता चौधरी , अस्मिना कर्माचार्य र रोमा थापा बैकल्पिक खेलाडीका रुपमा छन् ।

 प्रशिक्षकमा जगत टमाटा छन् । युएइमा हुने टि ट्वान्टी विश्वकप छनोट नोभेम्बर २२ देखी २८ सम्म हुनेछन् । नेपालले, घरेलु टोली युएइ, हङकङ, मलेसिया, कुबेत र भुटानसँग खेल्नेछ । शीर्ष स्थानमा रहने टोलीले ग्लोबल छनोटमा स्थान बनाउनेछ । विश्वकप २०२२ मा दक्षिण अफ्रिकामा हुनेछ ।

विश्वकप छनोट अघि नेपालले कुबेतसँग टि ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज खेल्ने तालिका छ ।  क्यानका अनुसार नोभेम्बर १६ देखि सिरिज सुरु हुनेछ । तीन अथवा चार खेल खेल्ने बताइएको छ । नेपाली महिला क्रिकेट टिमले पहिलो पटक टि ट्वान्टी अन्तराष्ट्रिय सिरिज खेल्न लागेको हो । त्यसअघि बंगलादेश भ्रमण गर्ने र त्यहाको ए टिम संग अभ्यास खेल खेल्ने योजना क्यानको छ । यदि बंगलादेश जान संभव नभए भारतको कुनै राज्यको टोली बोलाएर घरेलु मैदानमा खेल्न सकिने पनि क्यानले जानकारी दिएको छ ।  
 

ताजा खबर