धानबालीमा पुगेको क्षतिको ६५ प्रतिशतसम्म राहत दिने सरकारको निर्णय

२०७८ कार्तिक ११ बिहीबार १८:४५:०० मा प्रकाशित

काठमाडौं । सरकारले बेमौसमी वर्षाले धानबालीमा पुगेको क्षतिको मूल्यांकन गरेर राहत वितरण गर्ने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले धानबालीमा पुगेको क्षतिको मूल्यांकन गरेर राहत वितरण गर्ने निर्णय गरेको सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिएका छन् ।

उनका अनुसार बढीमा १० कठ्ठासम्म क्षति पुगेका साना किसानहरुलाई क्षतिको अधिकतम ६५ प्रतिशत, मध्यम अर्थात् ३ विघासम्म क्षति पुगेका किसानहरुलाई क्षतिको २० प्रतिशत र ३ विघाभन्दा माथि क्षति भएका किसानहरुलाई २० प्रतिशत क्षतिपूर्ति दिने निर्णय भएको छ ।

राहत उपलव्ध गराउन प्रधानमन्त्री कार्यालयका सचिवको संयोजकत्वमा कार्यदल बनाएर ५ दिनभित्र कार्यविधि बनाइ त्यसको स्वीकृतिका लागि पेस गर्नुपर्ने भएको छ ।

ताजा खबर