कोरोना संक्रमणबाट २ जनाको मृत्यु, ६६४ जना संक्रमणमुक्त

२०७८ कार्तिक ११ बिहीबार १६:२९:०० मा प्रकाशित

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ५२७ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालका कोरोना संक्रमितको संख्या ८११४०७ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ६६४ जना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ७८९७८९ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ ।

योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११३८२ पुगेको छ । क्वारेन्टाइनमा २१४ जना छन् भने आइसोलेसनमा १०२३६ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

ताजा खबर