आकाशगङ्गाभन्दा बाहिर एउटा ग्रह फेला परेको सङ्केत

२०७८ कार्तिक ११ बिहीबार ०९:०४:०० मा प्रकाशित

पहिलो पटक खगोलशास्त्रीले आकाशगङ्गाभन्दा बाहिर कुनै ग्रह भएको सङ्केत फेला पारेका छन् । अहिलेसम्म सूर्यबाहेक अरू ताराको परिक्रमा गर्ने झन्डै ५ हजार वटा 'बाह्यग्रह' फेला परेका छन्।

तर ती सबै ’मिल्कीवे’ भनिने हाम्रो पृथ्वी ग्रह पनि रहेको आकाशगङ्गामा छन् । शनिग्रहको आकारको उक्त सम्भावित ग्रह मेसीअर ५१ नामक आकाशगङ्गामा छ। नासाको 'चन्द्र एक्सरे टेलिस्कोप'ले उक्त खगोलीय पिण्ड फेला पारेको हो ।

उक्त पिण्ड मिल्कीवेबाट २.८ करोड प्रकाशवर्ष टाढा अवस्थित छ । खगोलपिण्डहरूको पारगमनका आधारमा उक्त पिण्ड ग्रह हुन सक्ने निष्कर्ष निकालिएको हो। पारगमनका बेला ताराअगाडि पुगेको ग्रहले ताराको प्रकाश छेकिदिन्छ ।

त्यसबाट धमिलो चमक घट्छ जसलाई दूरबिनले पत्ता लगाउन सक्छ । यो सामान्य प्रविधि प्रयोग गरेर हजारौँ बाह्यग्रह पत्ता लगाइएको छ । डा. रोजेन डि स्टेफानो र उनका सहकर्मीहरूले 'एक्सरे ब्राइट बाइनरी' भनिने वस्तुबाट प्राप्त एक्सरेमा चमक घट्ने क्रम खोजेका थिए ।

ती वस्तुमा विशेषगरी 'न्यूट्रन स्टार' वा नजिकैको ताराबाट आफूतिर ग्यास तान्ने 'ब्ल्याक होल' पर्छन्। न्यूट्रन स्टार वा ब्ल्याक होलनजिकै हुने तत्त्व निकै तात्छ र एक्सरेको तरङ्गदैर्ध्यमा चम्किन्छ। उक्त टोलीले यही विधि प्रयोग गरेर एम५१–यूएलएस–१ नामक युग्मतारा प्रणालीमा अवस्थित उक्त सम्भावित बाह्यग्रह पत्ता लगाएको हो ।

ताजा खबर