कोका–कोलाले नेपालका फ्रन्टलाइन हिरोहरूलाई कृतज्ञता व्यक्त गर्दै

२०७८ कार्तिक १० बुधबार २३:५६:०० मा प्रकाशित

काठमाडौं ।  'धन्यवाद' थिमको दसैं अभियानको एक हिस्साको रुपमा कोका-कोलाले कोभिड-१९ को समयमा खटिएका स्वास्थ्य सेवा क्षेत्र र गैर-सरकारी संस्था जस्ता विभिन्न क्षेत्रका अग्रणी योद्धाहरुलाई समर्पित गरेर यसको अन-ग्राउन्ड एक्टिभेसन गर्दै आइरहेको छ । आफ्नो अन-ग्राउन्ड एक्टिभेसनको आधामार्ग पूरा गर्दै कोका-कोलाले पाटन अस्पताल, वीर अस्पताल र विभिन्न गैरसरकारी संस्थाहरू जस्तै आरएनए-१६, अभ्नी भेन्चर, डोको रिसाइक्लर्स, ब्लू वेस्ट २ भ्यालु र सानो पाइलामा आफ्नो पहुँच पुर्‍याएको जनाइएको छ ।

कोका-कोलाले अग्र पंक्तिका नायकहरुसँग संलग्न रहेर 'धन्यवाद' उपहार बक्सलाई बाढ्दै आइरहेको छ । जसमा व्यक्तिगत कोकको बोतल साथै कोका-कोलाको कन्टूर ग्लास समावेश रहेको छ । कोका-कोलाका ब्रान्ड एम्बेसेडर स्वस्तिमा खड्का पनि सोमबा वीर अस्पतालमा भएको कार्यक्रममा स्वास्थ्य सेवाका अग्र पंक्तिमा कार्यरत कर्मचारीहरूप्रति कृतज्ञता व्यक्त गर्नको लागि सहभागी भएकी कम्पनीले जनाइएको छ ।

वीर अस्पतालका प्राध्यापक डा. भूपेन्द्र कुमार बस्नेतले भने, 'कोभिड-१९ को दोस्रो लहरको समयमा हामीले दैनिक ३५० कोभिड बिरामीहरूलाई सेवा प्रदान गथ्र्यौँ जसमा हाम्रा नर्स, क्लिनर, वार्डको टीम र डाक्टरहरू सबैले निडर भएर काम गरे र हामीले त्यो संकटलाई जित्यौँं। महामारीको अग्रपंक्तिमा रहेका कामदारहरूप्रति कृतज्ञता बाँड्ने कोका-कोलाको धन्यवाद अभियानले हामीलाई धेरै सम्मानित महसुस गराएको छ।' उनले थपे, 'यसले हामीलाई अझै यस्तो कार्यमा अघि बढ्न उत्प्रेरना प्रदान गरेको छ। यसका लागि म कोका-कोलालाई धन्यवाद व्यक्त गर्न चाहन्छु।'

बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक प्रदीप पाण्डेले भने, 'विगत डेढ वर्ष हाम्रो लागि कठिन रहेको छ तर हाम्रो फ्रन्टलाइन कामदारहरूको मद्दतले गर्दा हामीले सम्भव नहुने चुनौतिहरू पनि पार गर्दै आएका छौँ, जसले हामीलाई बलियोे बनाएको छ ।' कोका-कोलाले सबै प्रियजनहरुप्रति कृतज्ञता प्रदान गर्ने थिमका साथ हालै दसैं अभियानको लन्च गरेको थियो । 'धन्यवाद' शीर्षक रहेको यस अभियानको मुख्य आशय भनेको महामारीको कठिन समयमा हाम्रा लागि साथीको रुपमा सथै सहयात्री रहेका उपभोक्तालाई एउटा कोकको बोटलकोमार्फत धन्यवाद ज्ञापन गर्नु रहेको छ ।

ताजा खबर