इराकमा आइएसको आक्रमणमा परी दश जनाको मृत्यु

२०७८ कार्तिक १० बुधबार १५:५३:०० मा प्रकाशित

इराकको पूर्वी प्रान्त दियालामा आइएसको आक्रमणमा परी कम्तीमा पनि १० जनाको ज्यान गएको छ । आक्रमणमा परी अरु १२ जना घाइते भएका छन् । दियाला प्रान्तका प्रहरी प्रवक्ताका अनुसार उक्त प्रान्तमा आइएसका आक्रमणकारीले पछिल्लो समयमा हिसात्मक क्रियाकलापहरु अघि बढाएकाले इराकी सेनाले कारबाही सुरु गरेको थियो ।

इराकी राष्ट्रिय सुरक्षा निकायहरुले उक्त प्रान्तमा पछिल्लो समयमा सुरक्षा व्यवस्था कडा पारेर आइएसहरुको खोजी अभियानलाई तीब्र पारेको बताएको छ ।

त्यसक्रममा गत हप्तामात्र पनि सदियाला प्रान्तमा सुरक्षा निकायहरुले गरेको कारबाहीका क्रममा आइएसका केही सदस्यको निधन भएको थियो । इराकी सरकारले इराकका विभिन्न स्थानमा आइएसका हिंसात्मक गतिविधीहरु बढ्दै गएको भन्दै खोजी अभियान थालेको जनाएको छ ।

 

ताजा खबर