लक्जम्बर्गमा युरोपेली देशका उर्जामन्त्रीहरुको बैठक सम्पन्न

२०७८ कार्तिक १० बुधबार १३:५४:०० मा प्रकाशित

युरोपेली देशका उर्जामन्त्रीहरुको बैठक मंगलबार लक्जम्बर्गमा सम्पन्न भएको छ । बैठकमा उनीहरुले हालैका दिनहरुमा विश्वमा उर्जामा भएको मुल्यबृद्धिका विषयमा कुराकानी गरेका थिए । उनीहरुले हाल विश्वमा उर्जाको मुल्य बृद्धि भइरहेको विषयमा छलफल गर्दै आगामी दिनमा मुल्य बृद्धि हुन नदिन यसका उपायहरुका बारेमा आवश्यक छलफल गरेको बताइएको छ ।

उनीहरुले छलफलका क्रममा जलवायु परिवर्तनसम्बन्धी नीतिहरुको पनि समीक्षा गरेका थिए । साथै विश्वमा जलवायु परिवर्तनको असर कम गर्नका लागि स्वच्छ उर्जाको प्रयोग पनि उर्जाको मुल्य बृद्धि रोक्नका लागि एक उपाय हुन सक्ने विषयमा छालफल गरेका थिए ।

विश्वमा उर्जाको खपत बढिरहेका अवस्थामा वैकल्पिक एवं स्वच्छ उर्जा प्रयोगका सम्भावनाहरुको खोजी गर्नुका साथै जलवायु परिवर्तनको असर के कसरी कम गर्न सकिन्छ भन्ने विषयमा पनि छलफल गरेका थिए ।

ताजा खबर