चीनबाट थप १० लाख २० हजार डोज खोप नेपाल आइपुग्यो

२०७८ कार्तिक १० बुधबार १३:२९:०० मा प्रकाशित

काठमाडौं । चीनबाट थप १० लाख २० हजार डोज खोप नेपाल आइपुगेको छ । चीनबाट बुधबार बिहान कोभिडविरुद्धको १० लाख २० हजार डोज भेरोसेलको खोप नेपाल आइपुगेको हो ।  कोभ्याक्स कष्ट सेयरिङ अन्तरर्गत खोप आएको हो । 

प्राप्त खोप टेकुस्थित भण्डारणमा राखिने बताइएको छ । यसअघि पनि चीनबाट नेपाल सरकारले अनुदान सहयोग र खरिद गरी कुल एक करोड २० लाख डोज भेरोसेल खोप प्राप्त गरिसकेको छ ।

 

ताजा खबर