विश्व तापक्रमलाई १.५ सेन्टिग्रेडमा सीमित राख्न सात गुणा बढी कार्बन उत्सर्जन कटौति गर्नुपर्ने

२०७८ कार्तिक ९ मंगलबार २२:४१:०० मा प्रकाशित

राष्ट्रसंघले विश्वले तापक्रमलाई १.५ सेन्टिग्रेडको सीमामा राख्न हो भने विश्वव्यापी कार्बन उत्सर्जन कटौतीलाई विश्व समुदायले वर्तमान योजनाभन्दा सात गुणा बढी कम गर्न आवश्यक रहेकोे बताएको छ ।

संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमले यही गतिमा अघि बढेमा अहिलेका राष्ट्रिय प्रतिबद्धताहरूले सन् २०३० को उत्सर्जन स्तरबाट ७.५ प्रतिशत अंश मात्र कम गर्ने प्रक्षेपण गरेको छ ।

तर पेरिस सम्झौताको तापक्रम लक्ष्यमध्ये सबैभन्दा महत्वाकांक्षी तापक्रम १.५ सेन्टिग्रेडसम्म राख्न ५५ प्रतिशत कटौती आवश्यक भएको कुरा जनाएको उक्त संस्थाले विश्व नेताहरूलाई स्मरण गराएको छ ।

संयुक्त राष्ट्रसंघीय जलबायु परिवर्तन नियन्त्रणका लागि २६ औ विश्व सम्मेलनका आयोजकहरूको भनाइअनुसार देशहरूले आफ्नो अर्थव्यवस्थालाई कार्बनवियोजन गर्ने दोब्बर प्रतिज्ञामार्फत १.५ सेन्टिग्रेड लक्ष्यको लागि पृथ्वीलाई मार्गमा राख्न प्रतिबद्ध रहेको बताएका छन् ।

ताजा खबर