अफगानिस्तानद्वारा स्कटल्यान्डमाथि १ सय ३० रनको फराकिलो जित

२०७८ कार्तिक ९ मंगलबार १०:२४:०० मा प्रकाशित

टि ट्वान्टी विश्वकपमा अफगानिस्तानले स्कटल्यान्डमाथि १ सय ३० रनको फराकिलो अन्तरको जित हात पारेको छ । अफगानिस्तानको जितमा रासिद खान र मुजिब उर रहमानले शानदार वलिङ गरे । शारजाह क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ गरेको अफगानिस्तानले २० ओभरमा ४ विकेट गुमाएर १ सय ९० रनको योगफल बनाएको थियो ।

अफगान टिमको पारीमा नाजीबुल्लाह जद्रानले सर्वाधिक ५९ रन बनाए । ३४ वल खेलेका उनले ५ चौका र ३ छक्का प्रहार गरे । रहमानुल्लाह गुरबाजले ४६, हज्रातुल्लाह जाजाइले ४४ र मोहम्मद साहजादले २२ रन जोडेका थिए । कप्तान मोहम्द नाबी ११ रनमा अविजित रहे ।

साफ्यान सारिफले २, जोश डाभेइ र मार्क वाटले १–१ विकेट लिए ।  जवाफमा स्टकलयान्ड १० दशमबल २ ओभरमा ६० रनमा अल आउट भयो । उसका पाँच खेलाडीले खाता खोल्न सकेनन् । क्यालम म्याक्ल्योड, रिच्ची बेरिङटन, म्याच्यु क्रस , मिचेल लिस्क र ब्राड ह्विल शून्यमा पवेलियन फर्किए ।

जर्ज मुन्सीले २५, काइल कोट्जरले ११ , क्रिस ग्रेभ्सले १२ रन बनाए । स्कटल्यान्डको पारी ध्वस्त बनाउने क्रममा उर रहमानले ५ विकेट लिए । चार ओभल वल फाल्दै उनले केवल २० खर्चिए । रासिद खानको नाममा चार विकेट रह्यो । रासिदले २ दशमबल २ ओभरमा नौ रन मात्र दिएका थिए । नाभिन उल हकले एक विकेट लिए । 

ताजा खबर