कोरोना संक्रमणबाट १३ जनाको मृत्यु, ५०१ जना संक्रमणमुक्त

२०७८ कार्तिक ८ सोमबार १६:५२:०० मा प्रकाशित

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ६७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ६७३ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या ८०९७२९ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ५०१ जना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ७८८००८ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १३ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११३६१ पुगेको छ । क्वारेन्टाइनमा २१९ जना छन् भने आइसोलेसनमा १०३६० जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

ताजा खबर