सुडानमा 'सैन्य कु', प्रधानमन्त्री र मन्त्रीहरु सेनाको नियन्त्रणमा

२०७८ कार्तिक ८ सोमबार १३:२३:०० मा प्रकाशित

सुडानमा सैन्य कु भएको छ । सैन्य कु भएको सार्वजनिक भएसँगै त्यहाँका प्रधानमन्त्री र मन्त्रीहरूलाई सेनाले घरमै नजरबन्द गरेको छ । प्रधानमन्त्री अब्दुल्लाह हमदोक र केही मन्त्रीहरूलाई सेनाले घरमै नजरबन्दमा राखेको बीबीसीले जनाएको छ ।

सेनाले अहिलेसम्म ‘कु’ बारे केही प्रतिक्रिया नदिए पनि प्रजातन्त्र पक्षधर समूहले भने नागरिकलाई सडक आन्दोलनका लागि आह्वान गरेका छन् । सन् २०१९ मा राष्ट्रपति उमर अल बसिरको सत्ता गुमेसँगै सुडानमा अन्तरिम सरकार बनेको थियो ।

त्यतिबेला देखिन नै सेना र नागरिक सरकारका बीचमा खटपट सुरु भएको थियो । अहिले राजधानी खार्तुममा इन्टरनेट सेवा बन्द गरिएको छ । सामाजिक सञ्जालमा पोस्ट भएका केही भिडियो र तस्बिरमा सडकमा टायर बालेर प्रदर्शनकारी प्रदर्शनमा उत्रिएको देखिएको बीबीसीले बताएको छ । त्यस्तै खार्तुम विमानस्थल बन्द गरिएको र सबै अन्तर्राष्ट्रिय उडान पनि स्थगित गरिएको जनाइएको छ ।

ताजा खबर