अमेरिकाबाट आइपुग्यो फाइजरको एक लाख डोज खोप

२०७८ कार्तिक ८ सोमबार ०९:५९:०० मा प्रकाशित

काठमाडौं । अमेरिकाले अनुदानमा उपलब्ध गराएको फाइजरको खोप नेपाल आइपुगेको छ । कोभ्याक्स सुविधा अन्तर्गत विश्व स्वास्थ्य संगठनमार्फत उपलब्ध गराइएको एक लाख ६ सय २० डोज फाइजरको खोप सोमबार बिहान कतार एयरवेजको विमानमार्फत् काठमाडौं आइपुगेको हो ।

यसअघि अमेरिकाले जोनसनको १५ लाख भन्दा बढी डोज खोप अनुदानमा उपलब्ध गराएको थियो । एक महिनाको अवधिमा दुई डोज लगाउनुपर्ने फाइजर खोप १२ वर्षमाथिका उमेर समूहलाई लगाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

 

 

Just Arrived: 100,620 doses of Pfizer vaccine have just arrived in Nepal. These vaccines have been donated by the U.S. government to Nepal to fight COVID-19 in partnership with COVAX. Stay tuned for more. #InThisTogether pic.twitter.com/AtWSoIhNsC

— U.S. Embassy Nepal (@USEmbassyNepal) October 25, 2021

 

ताजा खबर