अनमोल र अदीति अभिनित ‘कृ’ को पोष्टर सार्वजनिक

२०७४ मङ्सिर २८ बिहीबार ११:२८:०० मा प्रकाशित

काठमाडौं, २८ मंसीर । अनमोल केसी अभिनित चलचित्र  ‘कृ’ को पोस्टर सार्वजनिक भएको छ ।  ट्रेलर सार्वजनिक गर्नु अघि निर्माण पक्षले नायक अनमोल केसी र नायिका अदिती बुढाथोकीलाई समावेश गर्दै बुधबार पोष्टर सार्वजनिक गरेको हो।  ‘कृ’ को पोस्टर टौवा क्रियशनले डिजाइन गरेको हो भने फिल्मको ट्रेलर यही शुक्रबार रिलिज हुँदैछ ।

सुवास इन्टरटेन्मेन्ट प्रालिको ब्यानरमा निर्माण भएको कृ लाई द सुपर काजोल फिल्म्सले प्रस्तुत गरेको हो भने फिल्ममा अनमोल र अदिथी सँगै सरोज खनाल, रुपा राना, अनुपविक्रम शाही, कामेश्वर चौरासिया लगायतका कलाकारको मुख्य भूमिका छ।

माघ २६ गतेबाट नेपालभर रिलिज हुने फिल्मका निर्माता सुवास गिरी र भूवन केसी हुन् भने सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन्।

ताजा खबर