नाइजेरियामा बन्दुकधारीले कारागारमा आक्रमण गरी आठ सय कैदी भगाए

नाइजेरियाको ओयो राज्यमा रहेको एक कारागारमा हमला गरी त्यहाँबाट ८०० भन्दा बढी कैदी भगाएका छन् । अज्ञात बन्दुकधारीले नाइजेरियाको कारागारमा हमला गरेपछि त्यहाँबाट ती थुनुवा भागेका बताइएको छ । अधिकारीहरुले दिएको जानकारीअनुसार शनिबार राति नाइजेरियाको दक्षिणपश्चिमी राज्य ओयोमा रहेको कारागारमा अज्ञात बन्दुकधारीले हमला गरेका थिए ।
हमला गरेपछि जेल तोडेर ती बन्दी भागेका गृह मन्त्रालयका अधिकारीहरुले जनाएका छन् । ओयो राज्यको कारागार विभागका प्रवक्ता अेलानेग्रु अन्जोरिनले आक्रमणको पुष्टि गरेका छन् ।
उनकाअनुसार शनिबार राति अज्ञात बन्दुकधारीहरुले हमला गर्दा ८३७ जना थुनुवा त्यहाँबाट भागेका थिए । उनीहरुमध्ये कतिपय पुर्पक्षका लागि थुनामा थिए भने कतिपय वर्षाैँसम्म जेल सजायँ तोकिएका व्यक्ति थिए । जेल तोडेर भागेका उनीहरुको खोजी प्रहरीले थालेको पनि प्रवक्ता अन्जोरिनले बताए ।
भागेका मध्ये २४२ जनालाई प्रहरीले विभिन्न स्थानबाट पुनः पक्राउ गरेको छ । अरु भागेका र उनीहरुको पनि खोजी कार्य जारी रहेको यहाँको कारागार सुरक्षाका विभागका अधिकारीले जानकारी दिएका छन् ।