सोमालियामा सेना र विद्रोहीबीचको भिडन्तमा परी २० जनाको मृत्यु

२०७८ कार्तिक ७ आइतबार १३:२६:०० मा प्रकाशित

सोमालियाको राजधानी मोगादिसु भन्दा केही बाहिरको राज्य गुरेल नगरमा भएको भिडन्तमा परी कम्तीमा पनि २० जनाको ज्यान गएको छ । ज्यान जानेमा १७ जना इस्लामिक विद्रोही र अरु तीन जना राष्ट्रिय सेनाका सदस्य रहेका छन् । सोमालियाली सेनाका एक अधिकारीले भिडन्तका क्रममा अरु ४० जना विद्रोही घाइते भएका बताएका छन् ।

शनिबार बिहान सोमाली सेनाले सहयोग गरेको गालमुदग समूह र यहाँको इस्लामिक विद्रोही समूहका बीचमा लामो समयसम्म भिडन्त भएको थियो । भिडन्तपछि कतिपय इस्लामिक विद्रोही समूहका उच्च तहका कमाण्डरहरु पनि मारिएको बताइएको छ ।

सो नगरमा यसअघि विद्रोहीले कब्जा गरेको जनाएका थिए । सो कब्जाबाट छुटाउनका लागि यहाँको सेनाले पनि आफ्नो समर्थनको सशस्त्र समूहलाई अघि सारेको थियो ।

लामो भिडन्तपछि उक्त नगर विद्रोहीको कब्जाबाट फिर्ता लिइएको सोमाली सेनाले जनाएको छ । सो नगरमा पहिले पनि यस्तै प्रकारको भिडन्त हुँदा दर्जनौँ मानिसको ज्यान गएको थियो ।

ताजा खबर