वनमा बेवारिसे अवस्थामा छाडिएको बम विस्फोट हुँदा सुर्खेतमा दुईजना घाइते

२०७८ कार्तिक ६ शनिबार १७:११:०० मा प्रकाशित

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–७ कटकुवा सामुदायिक वनमा बेवारिसे अवस्थामा छाडिएको बम विस्फोट हुँदा दुईजना घाइते भएका छन् । घाँस दाउरा संकलन गर्ने क्रममा शनिबार बम विस्फोट हुँदा गुराँस गाउँपालिका–६ दैलेखका १४ वर्षीय नरेश नेपाली र २१ वर्षीया लिला परियार घाइते भएका छन् ।

घाइतेहरुलाई देउती अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि वीरेन्द्रनरस्थित आँखा अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी रामप्रसाद घर्तीले जानकारी दिए ।

उनका अनुसार मुखमा छर्रा लागेका नरेशको आँखामा पनि चोट देखिएपछि आँखा अस्पतालमा भर्ना गरिएको हो । नेपाली सेनाले केही समय पहिले कटकुवा क्षेत्रमा अस्थायी तालिम सञ्चालन गरेकाले सो क्रममा बम छुटेको हुनसक्ने आशंका छ । घटनाबारे थप अनुसन्धानका लागि सेनाको टोली पठाएको छ ।

 

ताजा खबर