नमिबिया टि ट्वान्टी विश्वकपको सुपर १२ का लागि छनोट

२०७८ कार्तिक ६ शनिबार ११:१७:०० मा प्रकाशित

नामिबियाले पहिलो पटक टि ट्वान्टी विश्वकपको सुपर १२ मा स्थान बनाएको छ ।  पहिलो  चरणको आफ्नो अन्तिम खेलमा टेस्ट मान्यता प्राप्त राष्ट्र आयरल्यान्डलाई ८ विकेटले पराजित गर्दै नामिबिया सुपर १२ का लागि छनोट भएको हो ।

शारजाह क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ गरेको आयरल्यान्डले २० ओभरमा ८ विकेट गुमाएर १ सय २५ रन बनाएको थियो । पल स्र्टलिङले ३८, केभिन ओ ब्रायनले २५ र एन्डी बालबिर्नीले २१ रन जोडे । नामिबियाका यान फ्राइलिङकले चार ओभरमा २१ रन खर्चिएर ३ विकेट लिए ।

डेभिड वाइसले २, जेजे स्मिथ र  बर्नान्ड स्कोल्ट्सले एक एक विकेट बांडे । जवाफमा नामिबियाले १८ ओभर ३ वलमा २ विकेटको नोक्सानीमा लक्ष्य पुरा गर्यो । नामिबियालाई ऐतिहासिक जित दिलाउने क्रममा कप्तान गेरहार्ड इरास्मसले अविजित ५२ रनको योगदान गरे ।

डेविड वाइसले २८ रन बनाए । दुवै खेलाडी अविजीत  रहेका थिए । जेन ग्रिनले २४ र क्रेग विलियम्सले १४ रन जोडे । नामिबिया समुह ए को उपविजेताका रुपमा सुपर १२ मा पुगेको हो । श्रीलङका नेदरल्यान्डसलाइ हराएर समुह विजेता बन्यो । जरी प्रतियोगितामानै नामिबियाले नेदरल्यान्डसलाई हराएर विश्वकपको कुनैपनि फरम्याटको क्रिकेटमा पहिलो जित दर्ता गरेको थियो । नामिबियाका प्रशिक्षक पियर डि ब्रुयनाले  सुपर १२ मा प्रवेश गर्नु भनेको खेलाडीको सपना पुरा भएको प्रतिक्रिया दिए ।

६–७ वर्षको उमेरदेखि यी खेलाडीले भारत, पाकिस्तान विरुद्ध विश्वकप खेल्ने सपना देखेको उनको भनाइ थियो । नामिबियाले यसअघि सन २००३ मा विश्वकप खेल्दा अहिलेका टिम कप्तान इरास्मस मात्र ७ वर्षका थिए । २००३ मा एक्दिवशीय विश्वकप खेलेको नामिबियाले एक खेल पनि जितेन ।

तर त्यो पुस्ताले अहिलेको पुस्तालाई प्रेरित गर्यो ।  नामिबियाको कुल जनसंख्या दुइ दशमबल ५ मिलियन हो । देशभर नौ वटा क्रिकेट स्टेडियम छन् । ६ क्रिकेट क्लब अनि     मात्र १६ जना खेलाडी संघको केन्द्रीय सम्झौतामा रहेका छन् ।  अब नामिबियाले सुपर १२ मा अफगानिस्तान, भारत, पाकिस्तान, न्युजील्यान्ड र  स्कटल्यान्डसँग खेल्नेछ । योसँगै नामिबियाले अर्को संस्करणको टि ट्वान्टी विश्वकपका लागि पनि स्थान सुरक्षित गरेको छ ।  


 

ताजा खबर