चीनले हमला गरे अमेरिकाले ताइवानको प्रतिरक्षा गर्ने

२०७८ कार्तिक ६ शनिबार ०९:१२:०० मा प्रकाशित

अमेरिकी राष्ट्रपति जो बाइडनले यदि चीनले ताइवानमाथि हमला गरेमा अमेरिकाले ताइवानको प्रतिरक्षा गर्ने बताएका छन् । उनको यो टिप्पणीलाई अमेरिकाले लामो समयदेखि अपनाउँदै आएको विदेशनीतिभन्दा भिन्न बाटो लिन खोजेको अर्थमा हेरिएको छ ।

तर ह्वाइट हाउसका एकजना प्रवक्ताले पछि केही अमेरिकी सञ्चारमाध्यमहरूसँग कुरा गर्दै राष्ट्रपतिको त्यस्तो टिप्पणीको अर्थ अमेरिकी नीतिमा परिवर्तन आएको भन्ने कुराको संकेत नभएको बताएका छन् ।

अमेरिकामा विद्यमान एक कानुन अनुसार उस्ले ताइवाइनलाई आफ्नो प्रतिरक्षा गर्न मद्दत गर्नु आवश्यक हुन्छ । तर अमेरिकाले रणनीतिक अस्पष्टताको नीति अपनाउने गरेको देखिन्छ जस अन्तर्गत चीनले ताइवानमाथि हमला गरेको खण्डमा अमेरिकाको भूमिका कस्तो हुन्छ भन्ने कुरालाई जानाजान नै अस्पष्ट रूपमा प्रस्तुत गर्ने गरिन्छ । राष्ट्रपति बाइडनको टिप्पणीप्रति चीनले प्रतिक्रिया जनाइसकेको छैन ।

ताजा खबर