सिटिजन्स बैंक र आगन्तुक रिसोर्टबीच छुट सम्झौता

२०७८ कार्तिक ४ बिहीबार २३:४१:०० मा प्रकाशित

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र काभ्रेको बनेपास्थित आगन्तुक रिसोर्ट प्रालिबीच सहकार्य गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतापश्चात सिटिजन्स बैंकका मोबाइल बैकिङ्ग ग्राहक, डेबिट/क्रडिटकार्डवाहक एवं कर्मचारीहरुले आगन्तुक रिसोर्टमा बिभिन्न सेवाहरुमा बिषेश छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ । 

हालसम्म बैंककोडेबिट कार्ड नभएका ग्राहकहरुको लागी समेत घरमै बसी निःशुल्क मोबाइल बैकिङ्गमार्पmत डेबिट कार्डको लागि आवेदन दर्ता गर्न सक्ने व्यवस्था मिलाएको छ । मोबाइल बैकिङ्गमार्फत खानेपानी, विजुली तथा इन्टरनेटको बिल भुक्तानी, प्रिपेड तथा पोष्टपेड मोबाइल बिल भुक्तानी, र मुद्दती खाताको आवेदन दिन सक्नेलगायतका व्यवस्था समेत गरेको जानकारी बैंकले गराएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएकाआफ्ना १८३ वटा शाखा, १२१ वटा ए.टि.एम. र १११ वटा शाखा रहित बैंकिङ्गएकाईहरुबाट करिव साढे १२ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

ताजा खबर