कोरोना संक्रमणबाट ८ जनाको मृत्यु, ७२६ जना संक्रमणमुक्त

२०७८ कार्तिक ४ बिहीबार १६:४२:०० मा प्रकाशित

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ४७० जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या ८०७५२२ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ७२६ जना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ७८४८८१ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११३२६ पुगेको छ । क्वारेन्टाइनमा २२५ जना छन् भने आइसोलेसनमा ११३१५ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

ताजा खबर