बझाङको खप्तडछान्नामा पहिरोमा परी चार जनाको मृत्यु

२०७८ कार्तिक ३ बुधबार १६:४८:०० मा प्रकाशित

बझाङ । बझाङको खप्तडछान्ना गाउँपालिकामा पहिरामा परी चारजनाको मृत्यु भएको छ । घरमाथिबाट पहिरो खसेर घर पुरिँदा खप्तडछान्ना गाउँपालिकाको माझीगाउँ र कालुखेतीका दुई/दुईजनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा वडा नम्बर ४ माझीगाउँका अन्दाजी ४५ वर्षीय धर्मराज रोकाया र ४१ वर्षीया उनकी श्रीमती रहेका छन् । त्यस्तै वडा नम्बर ५ कालुखेतीका अन्दाजी ४७ वर्षीय विरु गिरी र उनकी ४५ वर्षीया श्रीमती चन्द्रा गिरीको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।

पहिराले घर भत्काएपछि च्यापिएर मृत्यु भएको खबर आएको र छान्ना प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थलतर्फ खटाइएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक रुपक खड्काले बताए ।

 

ताजा खबर